Rule 24
नियुक्ति गर्ने अधिकारी
: (१) सशस्त्र प्रहरी सेवाको देहायको पदमा नियुक्ति गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ :–
(क)   सशस्त्र प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको – नेपाल सरकार
(ख)   सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको  – गृह मन्त्री
(ग)   सशस्त्र प्रहरी निरीक्षक देखि सशस्त्र प्रहरी उपरीक्षक सम्मको – सचिव¸ मन्त्रालय
(घ)   सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षकको – सशस्त्र प्रहरी महानिरीक्षक
(ङ)   सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा    – सशस्त्र प्रहरी नायव महानिरीक्षक
(च)   सशस्त्र प्रहरी वरिष्ठ हवल्दारदेखि सशस्त्र प्रहरी – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
(छ)   सशस्त्र प्रहरी परिचर पदमा                     – सशस्त्र प्रहरी नायब उपरीक्षक
      (२) उपनियम (१) बमोजिमको नियुक्ति गर्ने अधिकारीले आयोगको सिफारिसको योग्यताक्रमको आधारमा सिफारिस प्राप्त भएको मितिले राजपत्राङ्कित पदमा एक महिना भित्र र राजपत्र अनङ्कित पदमा पन्ध्र दिनभित्र नियुक्ति गरी नियुक्ति गरेको जानकारी यथाशक्य छिटो साधनद्वारा सम्बन्धित उम्मेदवार र आयोगलाई दिनु पर्नेछ ।